साताको सुन कारोबार : सुनको मूल्य बढ्ने क्रम जारी, २६ सयले बढ्यो


काठमाडौं – साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको थियो । आइतबार सुनको मूल्य प्रतितोलामा २ सय रुपैयाँले बढेको थियो ।

मूल्य बढेसँगै आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार तीन सय रूपैयाँमा कारोबार भएकाे थियो। यसैगरी, आइतबार प्रतितोला दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन पनि प्रतितोला दुई सय रूपैयाँ नै बढेको थियो । सोमबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।

आइतबार र सोमबार दुवै दिन २ सय रुपैयाँले बढेको सुनको मूल्य मंगलबार एक सय रूपैयाँ बढेको थियो । त्यसदिन छापावाल सुन प्रतितोला एक लाख ४२ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो । मंगलबार प्रतितोला एक सय रूपैयाँ बढेको सुनको मूल्य बुधबार प्रतितोला चार सय रूपैयाँ बढेको थियो । त्यसदिन सुन प्रतितोला एक लाख ४२ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँमा कारोबार भएको थियो ।

साताको पहिलो कारोबारको दिनदेखि बढ्दै आएको सुनको मूल्य साताको पाँचौ कारोबारको दिन बिहीबार पनि बढ्यो । त्यसदिन साताको अन्य दिनको रेकर्ड तोड्दै सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको थियो । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो । यसैगरी, साताको अन्तिम कारोबारको दिन शुक्रबार पनि सुनको मूल्यले बढ्ने क्रम जारी नै राह्यो। शुक्रबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको थियो ।

साताको पहिलो कारोबारको दिनदेखि बढेको सुनको मूल्य अन्तिम कारोबारको दिनसम्म बढि नै रह्यो । यो साता आइतबारदेखि शुक्रबारसम्म सुनको मूल्य प्रतितोला दुई हजार छ सय रूपैयाँ बढेको छ। आइतबार र सोमबार प्रतितोला दुई सय रूपैयाँको दरले बढेको सुनको मूल्य मंगलबार प्रतितोला एक सय रूपैयाँ, बुधबार प्रतितोला चार सय रूपैयाँ, बिहीबार प्रतितोला एक हजार छ सय रूपैयाँ र शुक्रबार प्रतितोला एक सय रूपैयाँ गरी यो हप्ता सुनको मूल्य दुई हजार छ सय रूपैयाँ बढेको हो।