सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४४ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख ४३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदी तोलामा ५ रुपैयाँले बढेको छ। मूल्य बढेसँगै आज चाँदी प्रतितोला एक हजार ८७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।