सहकारीका ऋणीले ३ महिनासम्म कर्जा पुनर्तालिकीकरण गर्न पाउने


काठमाडौं – गत वर्ष खराब ऋणीको सूचीमा नपरेका सहकारीका ऋणीले पाकेको ब्याजको ५० प्रतिशत भुक्तानी गर्दा ३ महिनाका लागि कर्जा पुनर्तालिकीकरण गर्न पाउने भएका छन्। सहकारी विभागले एक सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो। यसरी कर्जा पुनर्तालिकीकरण गर्दा यसअघि यस्तो सुविधा नलिएका ऋणीको मात्रै उक्त सुविधा पाउने विभागले जनाएको छ।

परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीलाई कर्जा चुक्ता गर्न परेको कठिनाइलाई दृष्टिगत गरी ऋणी सदस्यलाई परेको प्रभाव मूल्यांकन गरी सदस्यको माग, आवश्यकता र औचित्यता समेतको आधारमा कर्जा पुनर्तालिकीकरण गर्न सकिनेछ।