काठमाडौं – नेपाल वायुसेवा निगमको वाइडबडी जहाज सी–चेकमा भएको लापरबाही तथा कम्पनी छनोटमा भएको लापरबाहीको विषयमा अध्ययन गर्न पाँच सदस्यीय छानबिन समिति गठन भएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धर नेतृत्वको छानबिन समिति गठन गरेका हुन्।
समिति सदस्यमा प्राधिकरणकै पूर्वमहानिर्देशक रतिशचन्द्र लाल रहेका छन्। समितिको सदस्यमा मन्त्रालयका एकजना प्रतिनिधि सदस्य सचिव रहने छन्। समितिमा थप एक जना विज्ञ र एक जना कानुनी जानकार सदस्य रहने छन्।
मन्त्रालयले वाइडबडी ए ३० जहाजको इन्जिन मर्मतका लागि इजरायल पठाएको कागजात र फाइलको पत्रसमेत मागेको छ।यसअघि गत मंगलबार वाइडबडी जहाज सी चेकका लागि बिना अनुमति दुबई हुँदै इटाली पुर्याएको भन्दै उड्डयन प्राधिकरणले निगमका अध्यक्ष अधिकारीलाई तत्कालका लागि निलम्बन गरिसकेको छ।



About Us
प्रतिक्रिया