काठमाडौं – महोत्तरीको गौशालामा युवकलाई गोली प्रहार गरी सुनको सिक्री लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमाल धनुषाको सबैला नगरपालिका – ९ भटिहनका ४७ वर्षीय शशी शंकर कापर र महोत्तरीको भंगाहा नगरपालिका –२ बखरी टोलका ३० वर्षीय आशिष कुमार कंठ रहेका छन् । पक्राउ परेका आरोपित दुवैजनालाई महोत्तरी प्रहरीले बिहीबार सार्वजनिक गरेको हो ।
गत जेठ २८ गते गौशाला नगरपालिका–५, मरहा खोलामा साँझ साढे ५ बजे वडा नम्बर ११ बस्ने विनयकुमार सिंहमाथि गोली प्रहार गरी सुनको सिक्री लुटपाट भएको थियो । घटनामा महतो घाइते भएका थिए । घटनास्थलबाट दुईवटा गोली र दुईवटा गोलीको खोका बरामद भएको थियो ।



About Us
प्रतिक्रिया