मासिक ४६ हजार तलबमा जोर्डनले ५० जना महिला घरेलु कामदारलाई निःशुल्क लैजाने


काठमाडौं – जोर्डनले ५० जना नेपाली महिला कामदारहरूलाई निःशुल्क लैजाने भएको छ । जोर्डन शहरमा रहेको सहर हिन्द वी एस्ट कम्पनीले ४९ जना घरेलु कामकाज र एक जना अफिस सेक्रेटरीको रूपमा नेपाली महिला कामदार लैजान लागेको हो ।

कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्नेछ भने करार अवधि दुई वर्षको रहेको छ। कामदारहरूलाई खानेबस्ने सहित कम्पनीको नियमअनुसार वार्षिक बिदा र ओभरटाईमको सुविधा उपलब्ध रहेको छ। जसअन्तर्गत घरेलु कामदारले मासिक ४६ हजार र अफिस सेक्रेटरीले मासिक ५३ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन्।