नेशनल लघुवित्तको ३८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा



काठमाडौं – नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ३८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले चारजना संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र निवेदन पेश गर्नु पर्नेछ । तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लाग आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।