काठमाडौं – राष्ट्रिय जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०६९।७० सम्मको बोनस दर घोषणा गरेको छ। जसअनुसार बीमितले सबै प्रकारका बीमा पोलिसीमा समान ६० रुपैयाँ बोनसदर पाउने भएका हुन् ।
नेपाल बीमा प्राधिकरणको २०८० माघ १७ गतेको पत्रबाट प्राप्त स्वीकृतिका आधारमा कम्पनीले उक्त आर्थिक वर्षका लागि बोनस दर घोषणा गरेको हो।
कम्पनीको आव २०६७।६८ देखि २०६९।७० सम्मको इनफोर्स पोलिसी कायम रहेको जम्मा बीमालेख संख्या १ लाख ६२ हजार ७२१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकनसम्बन्धी बीमांकीय मूल्यांकन प्रतिवेदन बीमा प्राधिकरणले स्वीकृत गरेको छ। सोहीअनुसार कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी बोनस दर गरी जारी गरेको सबै किसिमका बीमालेखमा आव २०८१।८२ का लागि प्रतिवर्ष प्रतिहजार बीमांकमा ६० रुपैयाँ दर कायम गरिएको कम्पनीले जनाएको छ।
प्रतिक्रिया