नागरिक लगानी कोषको सञ्चालकमा हेमन्त राज रमाली


काठमाडौं – नागरिक लगानी कोषको विज्ञ सञ्चालक सदस्यमा हेमन्त राज रमाली नियुक्त भएका छन्। नेपाल सरकार (मन्त्रीस्तर) को असार ३ गतेको निर्णय अनुसार नागरिक लगानीकोष ऐन, २०४७ को दफा २५ को उपदफा (१) खण्ड (छ) बमोजिम रमालीलाई नियुक्त गरिएको हो ।

उनले असार १७ गते सोमबार कोषको सञ्चालक समक्ष शपथ समेत लिइसकेको कोषले जनाएको छ ।