काठमाडौं – नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आजदेखि ५० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले चुक्ता पुँजी ५४ करोड रुपैयाँको ५० प्रतिशत अर्थात् २७ करोड रुपैयाँको २ः१ अनुपातमा प्रतिकित्ता ५० रुपैयाँमा हकप्रद बिक्री खुला गरेको हो।
कम्पनीको जेठ २५ मा बसेको विशेष साधारणसभाले हालको चुँक्ता पुजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो। इच्छुक लगानीकर्ताले यस शेयरमा साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन कम्पनीको रजिस्टर्ड कार्यालय कुपण्डोल, ललितपुरमा दिनुपर्नेछ।



About Us
प्रतिक्रिया