काठमाडौं– स्पेनको मेड्रिडबाट उरुग्वेको राजधानी मोन्टेभिडियो जाँदै गरेको एयर युरोपाको बोइङ ७८७–९ ड्रिमलाइनर सोमबार एयर टर्बुलेन्स अर्थात हवाइ तुफानमा फसेको पाइएको छ । जसका कारण विमानले ब्राजिलमा आपतकालिन अवतरण गरेको छ ।
विमान ब्राजिलको एटलान्टिकमा ब्राजिलियन कोस्ट नजिक पुगेपछि टर्बुलेन्समा परेको थियो, जसमा ३० जना घाइते भएका छन् । विमानमा ३२५ जना यात्रु सवार थिए । घाइते यात्रुलाई नजिकैको अस्पतालमा लगिएको छ । टर्बुलेन्सका क्रममा यात्रुको टाउकोमा ठोक्किनुका साथै अनुहारमा पनि चोट लागेको छ । केही साताअघि दुइवटा यस्तै घटनाहरू पनि भएका थिए ।



About Us
प्रतिक्रिया