नेपाल लाइफको साधारणसभा आज गरिँदै

नेपाल लाइफको साधारणसभा आज गरिँदै



काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २३/२४औं वार्षिक साधारणसभा आज असार १८ गते गर्ने भएको छ । कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले वीरगञ्जस्थित होटल भिष्वामा बिहानको ९ बजेदेखि सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष आव को लागि संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत कर प्रयोजन सहित को नगद लाभांश वितरण गर्न स्वीकृत गर्नेछ ।

कम्पनीको संचालक समितिमा संस्थापक समूह ‘क’ बाट ३ जना, समूह ‘ख’ बाट ३ जना र १ जना स्वतन्त्र संचालक नियुक्ति गर्ने र संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले असार ४ गते एक दिन बुक क्लोज गरेको थियो । यसका आधारमा असार ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।