पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी


काठमाडौं– पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाषचन्द्र जोशी नियुक्त भएका छन् । कोषको सोमबार बसेको बैठकले जोशीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेकाे हाे ।

जाेशीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको सचिवालयले जानकारी दिएकाे छ। कोषको कार्यकारी निर्देशकको पदावधि ४ वर्षको हुन्छ । कोषको अध्यक्ष पर्यटनमन्त्री हुने प्रावधान छ ।

यसअघि नियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको योग्यता प्रश्न उठेपछि उच्च अदालत पाटनले बदर गरेको थियो ।