डिस्कोर्सले सरोकारवाला निकायलाई एक बनाएर समस्या समाधानमा विशेष भूमिका खेल्छ: अध्यक्ष श्रेष्ठ

डिस्कोर्सले सरोकारवाला निकायलाई एक बनाएर समस्या समाधानमा विशेष भूमिका खेल्छ: अध्यक्ष श्रेष्ठ


काठमाडौं-डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्ष सुयोग श्रेष्ठले डिस्कोर्सबाट निस्केका विषयवस्तुले सम्बन्धित पक्षलाई लाभान्वित गर्ने बताएका छन्। ‘बैंकिङ्ग डिस्कोर्स २०२४’ मा मन्तव्य राख्दै समय-समयमा भइरहने यस्ता डिस्कोर्सले सम्बन्धित क्षेत्रलाई लाभान्वित गर्ने बताएका हुन्। श्रेष्ठले भने, ‘ एकअर्काको परिपूरक भएकाले हामीलाई एकजुट बनाउन सहयोग पुर्‍याउ छ। एकअर्कालाई आरोप प्रत्यारोप लगाउनुभन्दा छलफल गरेर अगाडि बढ्न आवश्यक छ। यस्ता कार्यक्रमहरु सन्देशमुलक, सूचनामूलक हुन आवश्यक छ।’

साथै सञ्चारमाध्यमहरुले बैंकिङ्ग क्षेत्रसँग सम्बन्धित तथ्यांकहरु प्रस्तुत गर्दा उपयुक्त तरिकाले प्रस्तुत गर्नुपर्ने बताए। उनले भने, ‘बैंकिङ्ग क्षेत्रसँग सम्बन्धित तथ्यांकहरु प्रस्तुत गर्दा सञ्चारमाध्यमबाट गलत तरिकाले प्रस्तुत भइरहेका हुन्छन्। यसलाई विशेष ध्यान दिन आवश्यक छ।’