आठ सय कामदार इजरायल पठाउन विभागले माग्यो आवेदन

आठ सय कामदार इजरायल पठाउन विभागले माग्यो आवेदन


काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले स्याहार केन्द्र (केयर सेन्टर) मा इजरायल जान इच्छुक कामदारबाट आवेदन माग गरेको छ। विभागले दीर्घकालीन स्याहार केन्द्रमा बच्चा, युवा तथा ६५ वर्ष ननाघेका गम्भीर अपांगता भएका व्यक्तिका लागि सहायक कामदारका रूपमा जान इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो।

इच्छुक र योग्य नेपाली नागरिकले २१ दिनभित्र आवेदन दिनुपर्नेछ। नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताबमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाउन लागिएको विभागले जनाएको छ।

सरकारले कुल आठ सय जना कामदार पठाउन लागेको हो। कामदारको मासिक तलब सवा दुई लाख रूपैयाँ हुनेछ । सुरुमा करार अवधि एक वर्षको रहेपनि पछि पाँच वर्षसम्म अवधि थप गर्न सकिनेछ ।