काठमाडौं – सोमबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ। आइतबार २ हजार ७०० रुपैयाँ घटेको सुनको मूल्य सोमबार ३०० रुपैयाँले बढेको हो।
सोमबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला तेजाबी सुनको मूल्य १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार प्रतितोला तेजाबी सुनको मूल्य १ लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ८२० रुपैयाँ रहेको छ। आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।



About Us
प्रतिक्रिया