सीआईटीको संस्थापक शेयर बिक्रीमा

सीआईटीको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट (सीआईटी)को संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। सो शेयर प्रतिकित्ता न्यूनतम ७३९ रुपैयाँमा बिक्रीमा राखिएको हो।

उक्त संस्थापक शेयरमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूले मात्रै आवेदन दिन पाउनेछन्। शेयर खरीदका लागि बोलकबोल गर्दा घटीमा १० हजार कित्ता र बढीमा १०० ले भाग जाने गरी सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिनेछ ।

खरीदकर्ताले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल वा एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय वा विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा आवेदन दिनुपर्नेछ।