काठमाडौ – साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्य तोलामा दुई हजार सात सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला रु. एक लाख ४४ हजार सात सयमा कारोबार भएको थियो। आजका लागि रु. एक लाख ४२ हजार निर्धारण भएको छ।
यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला रु. एक लाख ४४ हजारमा कारोबार भएकामा आजका लागि रु. एक लाख ४१ हजार तीन सय निर्धारण भएको छ । चाँदीको मूल्य प्रतितोला रु. ५० ले घटेको छ। शुक्रबार प्रतितोला रु. एक हजार आठ सय ६५ मा कारोबार भएको चाँदी आज प्रतितोला रु. एक हजार आठ सय १५ निर्धारण भएको छ।



About Us
प्रतिक्रिया