काठमाडौं – समस्याग्रस्त सहकारीको सूचीमा एउटा सहकारीकाे नाम थपिएकाे छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गोरखा सेभिङ एन्ड क्रेडिट सहकारीलाई समस्याग्रत सहकारी घाेषणा गरेकाे हाे । योसँगै समस्याग्रस्त सहकारीको संख्या २१ पुगेको छ।
ललितपुरको ललितपुर महानगरपालिका–१४ ताल्छीखेलस्थित गोरखा सेभिङ एन्ड क्रेडिट सहकारीलाई मन्त्रालयको असार ६ गतेको निर्णयबाट समस्याग्रस्त सहकारी घोषणा गरिएको हो। यो संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको पनि मन्त्रालयले जनाएको छ।
सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने गोरखा सेभिङले सहकारी ऐन, नियम, मूल्य, मान्यताविपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको पाइएकोले कारबाहीस्वरुप समस्याग्रस्त सहकारी घोषणा गरिएको मन्त्रालयले स्पष्ट पारेको छ। यसका लागि सहकार विभागले पनि यो सहकारीलाई कारबाही गर्न मन्त्रालयलाई सिफारिस गरेको थियो।




About Us
प्रतिक्रिया