काठमाडौं – नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ। राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा भएको अधिक तरलता व्यवस्थापन गर्न बजारबाट ४० अर्ब रुपैयाँ खिच्न लागेकाे हो । राष्ट्र बैंकले हिजो (बिहीबार) पनि बजारबाट ५० अर्ब रुपैयाँ खिचेको थियो ।
केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो। यसका लागि आज १२ बजे बोलकबोल हुने बैंकले जनाएको छ। अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल गर्न सकिनेछ।
साँवा र ब्याज भुक्तानी मिति असार २१ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुने बैंकले जनाएको छ। बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जाने गरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन्।
प्रतिक्रिया