बैंकिङ्ग क्षेत्रको समग्र जोखिमसँगै वित्तीय स्थायित्व सूचकमा पनि वृद्धि (पूर्णपाठ)

बैंकिङ्ग क्षेत्रको समग्र जोखिमसँगै वित्तीय स्थायित्व सूचकमा पनि वृद्धि (पूर्णपाठ)


काठमाडौं – केन्द्रीय बैंकको तथ्यांकले  बैंकिङ्ग क्षेत्रको जोखिम बढेको निष्कर्ष निकालेको छ। केन्द्रीय बैंकले वित्तीय स्थायित्वको अवस्थामा गरेको अध्ययनमा समग्र बैंकिङ्ग स्थायित्वमै जोखिम बढेको देखाएको हो।  केन्द्रीय बैंकले विभिन्न सूचकहरूका आधारमा बैंकिङ्ग स्थायित्व सूचक तयार गर्छ। उक्त सूचक तयार गर्दा सम्पत्तिको गुणस्तर, पुँजी कोषको अवस्था, तरल सम्पत्ति, प्रभावकारिता र नाफा उप–सूचकलाई विश्लेषण गरिन्छ। बैंक तथा वित्तीय संस्थाको यी पक्षहरूको विश्लेषणबाट समग्र बैंकिङ्ग प्रणालीको अवस्था पहिचान हुन्छ । सो तथ्यांक अनुसार गत आर्थिक वर्षमा बैंकिङ्ग स्थायित्व सूचक ०.६९ प्रतिशतमा पुगेको छ।अघिल्लो आवमा  यस्तो सूचक ०.४० प्रतिशत थियो ।  

राष्ट्र बैंकका अनुसार अनुसार अघिल्लो आर्थिक वर्षको असारको तुलनामा गत आवको असारसम्ममा बैंकिङ्ग स्थायित्व सूचक बढेको छ। यो सूचक बढ्नुको कारण बैंक तथा वित्तीय संस्थाका अधिकांश पक्षहरूको जोखिम बढेको देखिन्छ। यसको मुख्य कारण भनेको बैंक तथा वित्तीय संस्थाको सम्पत्तिको गुणस्तरमा आएको कमी हो। बैंक तथा वित्तीय संस्थाको सम्पत्तिको गुणस्तरमा कमी आउने बित्तिकै नाफा घट्ने तथा थप पुँजीको आवश्यक पर्ने अवस्था हुन्छ।

केन्द्रीय बैंकको अध्ययन अनुसार गत आर्थिक वर्षमा थोक तथा खुद्रा क्षेत्रको कर्जा २०.१५ प्रतिशत रहेको छ । त्यसै गरी बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा मध्ये उपभोग्य कर्जा १८.९८, बन तथा उत्पादन १६.०४, कृषि तथा वनमा ७.५७ र वित्त, बीमा तथा रियल स्टेट क्षेत्रमा ७.९८ प्रतिशत हिस्सा रहेको छ। यी क्षेत्रमा धेरै कर्जा केन्द्रित भएकाले पनि जोखिम बढेको केन्द्रीय बैंकले निष्कर्ष निकालेको छ।