३ करोड २९ लाख रुपैयाँमा ६ वटा पेट्रोलियम गाडी किन्दै केन्द्रीय बैंक

३ करोड २९ लाख रुपैयाँमा ६ वटा पेट्रोलियम गाडी किन्दै केन्द्रीय बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले ६ वटा पेट्रोलियम गाडी किन्ने भएको छ। केन्द्रीय बैंकले ३ करोड २९ लाख ७० हजार रुपैयाँ बराबरको सवारी साधन खरिद गर्ने भएको हो। बैंकले नेपालका लागि हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिसँग बैंकले ६ वटा पेट्रोलियम गाडी किन्ने भएकाे हाे। कम्पनीले ६ वटा कारका लागि कूल ३ करोड २९ लाख ७० हजार रुपैयाँ प्रस्ताव गरेको छ।

गत वैशाख २४ गते एक सूचना जारी गर्दै राष्ट्र बैंकले आवश्यक ६ थान पेट्रोलियम कार किन्न चाहेको भन्दै सार्वजनिक बोलकबोल आह्वान गरेको थियो । उक्त बोलकबोलमा परेको आवेदनका आधारमा न्यूनतम मूल्याङ्कित सारभूत प्रभावग्राहीका हिसाबले लक्ष्मी इन्टरकन्टिनेन्टललाई छनोट गरिएको राष्ट्र बैंकद्वारा सूचनामा उल्लेख छ।