काठमाडाैं – केन्द्रीय बैंकले दुई भुक्तानी सेवा प्रदायक संस्थाको बैंक खाता रोक्का गरेको छ। राष्ट्र बैंकले अनामनगरमा रहेकाे पेवेल नेपाल र बालुवाटारमा रहेकाे सजिलो पे पेमेन्ट सर्भिसेजको बैंक खाता रोक्का गरेको हो। यी संस्थाबाट भैरहेका कारोवारहरु नियामकीय अनुपालना सम्बन्धी छानविनको क्रममा रहेको बैंकले जानकारी दिएकाे छ।
यी संस्थाहरुको बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरु अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको राष्ट्र बैंककाे भुक्तानी प्रणाली विभागद्वारा सूचनामा उल्लेख छ । विभागले जेठ २१ गते सूचना निकाल्दै खाता राेक्का गरिएकाे जानकारी दिएकाे हाे। यसबाट ग्राहकहरुमा पर्न जाने असुविधालाई सम्बोधन हुने गरी यथाशीघ्र छानविन सम्पन्न गरिने पनि राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया