६० किलो सुन प्रकरणमा थर्कमान पक्राउ


काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ परेका छन् । ४५ वर्षीय लामालाई सीआईबीले काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको हो ।

कान्छामान भनेर समेत चिनिने थर्कमान नेपाली कांग्रेसमा पनि आबद्ध रहेको पाइएको छ ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सीआईबीले अहिले दोस्रो चरणको अनुसन्धान अघि बढाएको छ । लामाको भूमिका शंकास्पद देखिएपछि पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको सीआईबीले जनाएको छ ।