आगामी आर्थिक वर्षको बजेट सन्तुलित र समयसापेक्ष छ : अध्यक्ष केसी

आगामी आर्थिक वर्षको बजेट सन्तुलित र समयसापेक्ष छ : अध्यक्ष केसी


काठमाडौं – नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट सन्तुलित तथा समयसापेक्ष भएर आएको बताएका छन्। बिहीबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले पर्यटन, जलविद्युत्, स्टार्टअप, सूचना प्रविधि लगायत प्रचुर सम्भावनाका क्षेत्रहरूलाई पहिचान गरी प्राथमिकतासाथ बजेट छुट्टाउनु राम्रो पक्ष भएको बताए । यसले बैंकिङ्ग क्षेत्रलाई निकै फाइदा हुने विश्वास गरिएको पनि अध्यक्ष केसीले बताए। यस्तै, निजी क्षेत्रलाई सँगसँगै अगाडि लैजाने बजेटमा आउँदा बैंकलाई लगानी बढाउने अवसर पनि हुने उनले बताए।