बिहीबार सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?


काठमाडौं– बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। बुधबारको तुलनामा आज सुनको मूल्य ताेलामा नै रु. दुई हजार तीन सयले बढेको हो। बुधबार प्रतितोला रु. एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज रु. एक लाख ४० हजार पाँच सय पुगेकाे छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि बढेको छ। तेजाबी सुन बुधबार तोलामा रु. एक लाख ३७ हजार पाँच सय ५० मा कारोबार भएकोमा आज यो रु. एक लाख ३९ हजार आठ सयमा कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा रु. दुई हजार दुई सय ५० ले वृद्धि भएको छ।

यसैगरी चाँदीको मूल्य तोलामा रु. ७० ले वृद्धि भएको छ। बुधबार रु. एक हजार नौ सय ३० मा कारोबार भएको चाँदी आज रु. एक हजार नौ सयमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।