लघु जीवन बीमा कम्पनीको व्यापार १० करोड माथि

लघु जीवन बीमा कम्पनीको व्यापार १० करोड माथि



काठमाडाँँ– बीमा प्राधिकरणले आज सार्वजनिक गरेको वित्तीय विवरण अनुसार हाल सञ्चालन रहेका तीन लघुजीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको बैशाख महिनासम्म १० करोड रुपैयाँ बढीको कुल बीमा शुल्क आर्जन गरेका छन् ।

सार्वजनिक गरेको वित्तीय विवरण अनुसार लघु जीवन बीमा कम्पनीहरुले चालु आवको १० महिनामा १० करोड १९ लाख ५४ हजार बराबरको कुल ब्यवसाय गरेका छन् ।

यस अवधिमा क्रेष्ट माइक्रो लाइफले उत्साह जनक व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको १० महिनामा ६ करोड ३३ लाख ६६ हजार रुपैयाँको व्यवसाय गरेको छ ।

त्यस्तै, गार्डियन माइक्रो लाइफले २ करोड ४७ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले १ करोड ३७ लाख रुपैयाँको व्यवसाय गरेको छ ।