कामना सेवा विकास बैक र ड्रीम इन्टरनेशनल प्राइभेट हाेटलबीच सम्झौता

कामना सेवा विकास बैक र ड्रीम इन्टरनेशनल प्राइभेट हाेटलबीच सम्झौता


काठमाडाैं – कामना सेवा विकास बैंकले ड्रीम इन्टरनेशनल हाेटल प्राइभेट लिमिटेडसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको मेनुमा १० प्रतिशत साथै लजिङ शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन्। यस सम्झौताबाट बैंकसँग आवद्ध सम्पूर्ण ग्राहकहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।