काठमाडौं – हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपतिको निधन भएको छ। अलजजिराका अनुसार राष्ट्रपति इब्राहिम रैसी चढेको हेलिकप्टर अजरबैजानसँगको सीमा जोडिएको पूर्वीे जोल्फाम दुर्घटनामा परेसँगै उनको निधन भएको हो।
उनी अजरबैजानी राष्ट्रपति इलहम अनियेबसँग दुई देशको साझा बाँधको उद्घाटनमा पुगेका थिए। राष्ट्रपति रैसीसँगै इरानका विदेशमन्त्री हुसेन आमिर बदोल्लाहाइनको पनि निधन भएको छ। आइतबार हेलिकप्टर दुर्घटना पछि घण्टौं खोजी कार्य भएको थियो । इरानी कानून अनुसार अब उपराष्ट्रपति मोहम्मद मोख्बर राष्ट्रपति हुनेछन्।
प्रतिक्रिया