कामना सेवाले “Kamana Sewa Futsal Cup 2021” को आयोजना गर्दै

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
“स्वास्थ्य शरीर स्वास्थ्य मस्तिष्क” भन्ने मर्मलाई आत्मसात् गरी कामना सेवा विकास बैंकले पुसको दोश्रोे हप्ता पहिलो “Kamana Sewa Futsal Cup 2021” प्रतियोगिता आयोजना गर्ने भएको छ । बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रमका बीच बैंकका संचालक श्री विश्वेश्वर सुवेदी ज्यू तथा प्रमुख कार्यकारी अधिकृत श्री प्रविण बस्नेत ज्यूले संयुक्त रुपमा उक्त प्रतियोगिताकोे आधिकारिक रुपमा अनावरण गरी प्रतियोगिता आयोजना गर्ने घोषणा गर्नु भएको छ।

\"\"

सो प्रतियोगिताको व्यवस्थापन तथा सञ्चालन Khelpati.com ले गर्नेछ भने अखिल नेपाल फुटबल संघ (ANFA) फुटसल कमिटिमा रहनेछ । प्रतियोगितामा बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीहरुलाई सहभागी गराइनेछ । 

संस्थाको साख बढाउन दिनरात खटिने बैंक तथा बिमा क्षेत्रका कर्मचारीहरुको स्वास्थ्य तथा निरोगिता प्रबर्दन गर्ने तथा संस्थाहरुबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित र खेलमैत्री वातावरण निर्माण हुने कुरामा आफू पूर्ण विश्वस्त रहेको बैंकका संचालक श्री विश्वेश्वर सुवेदी ज्यूले बताउनु भयो । उक्त कार्यक्रममा बैंकका कर्मचारी, सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।