एमसीसी परियोजनाको पुनरावलोकन सकियो, सम्झौता बमोजिम कार्यान्वयन अगाडि बढ्ने


काठमाडौं – अमेरिकाको सहायतामा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धमा नेपाल सरकार र एमसीसीबीच भएको सम्झौता अनुसार कार्यान्वयन अगाडि बढ्ने भएको छ। अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले एमसीसी नेपाल सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरेको अर्थमन्त्रालयद्वारा सार्वजनिक विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयद्वारा सार्वजनिक विज्ञप्तिमा उल्लेख गरिएअनुसार, २०७९ भदौ २९ मा सम्पन्न कम्प्याक्ट कार्यान्वयन अन्तर्गत अमेरिकाका राष्ट्रपतिकाे जनवरी २०, २०२५ को कार्यकालअवधिभित्र पुनरावलोकनका लागि सिफारिस गरिएको थियो। सोही अनुरूप एमसीसीले साउन १२ (जुलाई २८, २०२५) मा पुनरावलोकन कार्य सम्पन्न भएको जानकारी नेपाल सरकारलाई दिएको छ।

साथै, कम्प्याक्टको कार्यान्वयनमा निरन्तरता दिन सिफारिस गरिएको सूचना पनि प्राप्त भएकोले सम्बन्धित सरकारी निकायलाई जानकारी गराइएको अर्थमन्त्रालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।