एनसीसी बैंकले ८६ करोड ८५ लाख लाभांश बाँड्ने, चुक्ता पूँजी १० अर्ब ३१ करोड पुग्ने

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरुलाई ८६ करोड ८५ लाख ९० हजार ८८८ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको मंसिर १४ गते, मंगलबार सम्पन्न सञ्चालक समितिको ८७३ औं बैठकले चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको बैंकका कम्पनी सचिव विश्वनाथ भट्टराईले जानकारी दिए ।

प्रस्तावित लाभांश अनुुसार कम्पनीले ८२ करोड ५१ लाख ६१ हजार ३३४ रुपैयाँ बराबरको बोनस शेयर र ४ करोड ३४ लाख २९ हजार ५५४ रुपैयाँ बराबरको नगद गरी कुल ८६ करोड ८५ लाख ९० हजार ८८८ रुपैयाँ बराबरको लाभांश वितरण हुनेछ ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र लगानीकर्तामा वितरण हुनेछ ।

यसअघि अघिल्लो आर्थिक वर्ष २०७६।७७ बाट बैंकले १०.२६९५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५४०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा बैंकले प्रस्ताव गरेको लाभांश २.३९ प्रतिशत कम हो ।

हाल बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६८० रुपैयाँ रहेको छ । प्रस्तावित बोनस वितरण पछि बैंकको चुक्ता पूँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १५ रुपैयाँ पुग्नेछ ।