नेष्डो समृद्ध लघुवित्तको नाफामा गिरावट, अन्य सूचक कस्तो ?

नेष्डो समृद्ध लघुवित्तको नाफामा गिरावट, अन्य सूचक कस्तो ?


काठमाडौं– नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाकाे नाफामा भारी अंककाे गिरावट आएको छ । संस्थाकाे नाफा ६८.४९ प्रतिशतले घटेकाे हाे । संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार ४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको देखाएको छ । संस्थाले गत आर्थिक वर्षको यो अवधिमा १४ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

संस्थाले चालु आर्थिक वर्षको चैतसम्ममा १९ करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको यो अवधिमा भने २७ करोड ७२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। संस्थाको कुल निक्षेप संकलन २ अर्ब ४६ करोड रुपैयाँ छ भने कर्जा लगानी ३ अर्ब ६१ करोड रुपैयाँ छ।

हाल संस्थाको चुक्ता पुँजी २५ करोड ५० लाख रुपैयाँ छ भने जगेडा कोषमा २३ करोड २७ लाख रुपैयाँ राखेको छ ।