काठमाडौं – नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको तयारीमा जुटेको छ । केन्द्रीय बैंकले असार मसान्तमा नै मौद्रिक नीति ल्याउनेगरी तयारी गरेको हो ।
राष्ट्र बैंक स्रोतकाअनुसार असार मसान्तभित्र नै मौद्रिक नीति ल्याउने तिव्र तयारी भइरहेको छ । उनकाअनुसार बजेटलाई नै सम्बोधन गर्नेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउनेछ ।
आगामी हप्ता नै मौद्रिक नीति ल्याउने तयारी भएपनि गभर्नर डा. विश्वनाथ पौडेल सार्क बैठकमा जाने भएसँगै असार मसान्तसम्ममा मौद्रिक नीति ल्याउने तयारी भइरहेको छ । यतिबेला पनि गभर्नर पौडेल बैंक फर इन्टरनेशनल सेटलमेन्ट्स (बीआईएस) को वार्षिक बैठकका लागि स्वीट्जरल्याण्डमा छन् । एक साताको बीआईएसको वार्षिक बैठक सकेर गभर्नर पौडेल भोलि फर्कदै छन् । अर्को हप्ता फेरि भुटानमा हुने सार्क बैंठकमा सहभागी हुने भएसँगै मौुद्रिक नीति एक साता पछाडी धकेलिएको हो ।






About Us
प्रतिक्रिया