एनएमबि लघुवित्त नोक्सानीमा, कुन सूचक कस्ता ?

एनएमबि लघुवित्त नोक्सानीमा, कुन सूचक कस्ता ?


काठमाडौं– एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ७ करोड ४९ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

लघुवित्त संस्थाको खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी घटेको छ । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३२.४५ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २२.४४ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ३१.११ प्रतिशत घटेको छ।

हाल संस्थाको चुक्ता पूँजी ७२ करोड १४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १८ करोड ९० लाख रुपैयाँ राखेको छ। सो अवधिसम्ममा लघुवित्तले ४ अर्ब ३१ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।