नक्कली नोटसहित एक जना पक्राउ

नक्कली नोटसहित एक जना पक्राउ


काठमाडौं– जाजरकोटको छेडागाड नगरपालिकाबाट नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बडाबनबाट खटिएको प्रहरी टोलीले एक हजार दरका १८ थान नक्ली नोटसहित ३२ वर्षीया बिपना बुढालाई पक्राउ गरेको हो ।

सोमबार बिहान पक्राउ परेकी बुढा छेडागाड नगरपालिका– १० काफ्ला निवासी हुन् । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।