चर्चित गायिका शान्ती श्रीले पाइलटलाई हात जोडेर धन्यवाद दिइन् 

चर्चित गायिका शान्ती श्रीले पाइलटलाई हात जोडेर धन्यवाद दिइन् 


काठमाडौं–चर्चित लोक गायिका शान्ति श्री परियारले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा भावुक स्ट्याटस पोस्ट गर्दै पाइलटलाई धन्यवाद दिएकी छिन्।उनले ठुलो दुर्घटनाबाट जोगाएर आफूलाई नयाँ जीवन दिएको भन्दै यति एयरलाइन्सका क्याप्टेन लबिस चन्दलाई हात जोडेर धन्यवाद दिएको तस्बिर पोस्ट गरेकी छिन् । 

सोमबार भैरहवाबाट काठमाडौं उडेको यति एयरको जहाज खराब मौसमका कारण जनकपुरमा अवतरण गरेको थियो । सोही घटनालाई लिएर गायिका परियारले चन्दलाई धन्यवाद दिएकी हुन् । 

गायिका परियारले  सामाजिक सञ्जालमा लेखेकि छिन्, ‘धन्यवाद क्याप्टेन लबिस चन्द । प्लेनमा रहेका हामी सबैले ७५ प्रतिशत जिन्दगी छोडेका थियौँ, हजुरले आफ्नो प्रयास जारी राख्नु भो र गन्तव्य भन्दा फरक ठाउँमा अवतरण भयो तर, सबैलाई नयाँ जीवन त दिनु भयो नि ।’

यस्ताे छ गायिका शान्ती श्रीले सामाजिक सञ्जालमा राखेकाे तस्बिरसहितकाे स्टाटसः