नेपाललाई ८ करोड डलर ऋण प्रवाह गर्दै विश्व बै‌क

नेपाललाई ८ करोड डलर ऋण प्रवाह गर्दै विश्व बै‌क


काठमाडौं– विश्व बैंकले नेपाललाई ८ करोड डलर ऋण दिने भएको छ । बैंकको बोर्ड बैठकले नेपालको वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधानहरू विविधीकरण गर्न र वित्तीय सेवाहरूमा पहुँच बढाउनऋण स्वीकृत गरेको हो।

यसले नेपालको बैंकिङ्ग र बीमा क्षेत्रको सुपरिवेक्षणलाई सुदृढ पार्नेछ भने पूँजी, बीमा र विपद् जोखिम बजारमा वित्तीय उत्पादनको आविष्कारलाई बढावा दिनेछ। साथै यस ऋणले विशेष गरी गरिब र जोखिममा परेकाहरूलाई फाइदा पुग्नेछ ।