लक्ष्मी लघुवित्तको खुद नाफा ४ करोड ४४ लाख

लक्ष्मी लघुवित्तको खुद नाफा ४ करोड ४४ लाख


काठमाडौं– लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ करोड ४४ लाख रुपैयाँ खुद नाफा आम्दानी गरेको छ । संस्थाले प्रकाशित गरेको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा ९ करोड १७ लाख रुपैयाँ ऋणात्मक रहेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १.९७ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ७५.३१ प्रतिशत बढेको छ। यो समयमा लघुवित्तको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ४१ पैसा, प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ४ पैसा र मूल्य आम्दानी अनुपात ६५.६ गुणा रहेको छ। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १ करोड ८९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७१ पैसा रहेको छ।

हाल संस्थाको चुक्ता पूँजी ४४ करोड १६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३८ करोड ४४ लाख रुपैयाँ राखेको छ। चैत मसान्तसम्ममा लघुवित्तले ६ अर्ब ४ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ६ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।