आम्दानीसँगै बढ्यो सर्वोत्तम सिमेन्टको नाफा

आम्दानीसँगै बढ्यो सर्वोत्तम सिमेन्टको नाफा


काठमाडौं– सर्वाेत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणमा कम्पनीको खुद नाफा ३२.०३ प्रतिशतले बढेको देखिएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनासम्ममा कम्पनीले १२ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ९ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

चैत मसान्तसम्ममा कम्पनीले ४ अर्ब ५५ करोड ९० लाख ९९ हजार रुपैयाँ बिक्री आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.१६ प्रतिशत बढी हो। गत आर्थिक वर्ष कम्पनीले ३ अर्ब ६४ करोड २६ लाख ४७ हजार रुपैयाँ बिक्री आम्दानी गरेको थियो । कम्पनीको कुल खर्च ४.७६ प्रतिशत बढेर ५२ करोड २८ लाख ६४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा कम्पनीले ४९ करोड ९० लाख ८५ हजार रुपैयाँ कुल खर्च भएको थियो ।

त्यस्तै, समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ७४०.१६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षमा कम्पनीको आम्दानी ३ करोड ८ लाख ३४ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षमा ३६ लाख ३८ हजार रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटीमा ४ अर्ब ९० करोड ४९ लाख रुपैयाँ रहेको छ।