सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो


काठमाडौं– मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढको छ। सोमबार २ सय रुपैयाँले बढेको सुनको मूल्य आज ८ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाला सुनको भाउ १ लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार मंगलबार तेजाबी सुन १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तेजाबी सुन १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला १ हजार ६६० मा कारोबार भएको चाँदी आज १ हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको छ।