नाडेप लघुवित्तको नाफा घट्यो

नाडेप लघुवित्तको नाफा घट्यो


काठमाडौं– नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा घटेको छ । संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले संस्थाको खुद नाफा ६५.३२ प्रतिशतले घटेको देखाएको हो ।

चालु आर्थिक वर्षको ९ महिनासम्ममा संस्थाले १८ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २१.५० प्रतिशत घटेको छ । त्यस्तै संस्थाको कुल सञ्चालन आम्दानी १६.१८ प्रतिशतले घटेको छ। समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा भने २२८.१३ प्रतिशत बढेको छ।

हाल सो संस्थाको चुक्ता पूँजी ४८ करोड ५७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३५ करोड ९ लाख रुपैयाँ राखेको छ। यो अवधिसम्ममा लघुवित्तले ५ अर्ब १३ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।