सोमबार बागमती प्रदेशमा सार्वजनिक बिदा, शेयर बजार खुला रहने

सोमबार बागमती प्रदेशमा सार्वजनिक बिदा, शेयर बजार खुला रहने


काठमाडौं– बागमती प्रदेश सरकारले सोमबार (वैशाख २४) गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ। बागमती प्रदेश सरकारले वैशाख २० गते प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो। भोलि बाग्मती प्रदेशमा सार्वजनिक बिदा भएपनि शेयर बजार भने खुला रहने छ ।

बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को वैशाख १२ गतेको बैठकको निर्णय अनुसार बिदा दिने भएको हो ।

बैठकले नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागू हुने दिनको अवसरमा प्रदेशका सम्पूर्ण सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।