‘बैंकको ब्याजदर घट्नुका साथै अर्थतन्त्रका अन्य पाटाेमा सुधार हुँदै गएको छ’ – प्रधानमन्त्री

‘बैंकको ब्याजदर घट्नुका साथै अर्थतन्त्रका अन्य पाटाेमा सुधार हुँदै गएको छ’ – प्रधानमन्त्री


काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय बैंकको ब्याजदर घटेको, लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको र सार्वजनिक संस्थान व्यवस्थापनमा सुधार आएको उल्लेख गरेका छन् ।

शुक्रबार नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनमा बोल्दै प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री बनेपछि बैंकको ब्याज घट्दै जानुका साथै देशकाे अर्थतन्त्रकाे अन्य पाटाेहरूमा पनि सुधार हुँदै गएको बताएका हुन्।

उनले वित्तीय नीति र मौद्रिक नीतिमा एकरुपता ल्याई लगानीको वातावरण सिर्जना गरिएको, बैंकको ब्याजदर घटाइएको र लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको बताए । शोधनान्तर स्थिति, वैदेशिक मुद्राको सञ्चिति, विप्रेषण, आय, राजश्व संकलनमा सुधार जस्ता कारणले अर्थतन्त्रका सूचकहरु बिस्तारै सकारात्मक दिशातिर अघि बढेको प्रधानमन्त्री दाहालकाे भनाइ छ।

साथै पछिल्लो समय बैंकको ब्याजदर घटेको, लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको र सार्वजनिक संस्थान व्यवस्थापनमा सुधार आएको उल्लेख गर्दै उनले पर्यटक आगमनमा उल्लेख्य वृद्धि हुँदा पर्यटन क्षेत्रमा उत्साह थपिएको बताए।

सङ्कटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा राम्रो सुधार आएको उल्लेख गर्दै उनले नेपाल श्रीलङ्का नै बन्दैछ, भन्ने भाष्य चिरेर अर्थतन्त्रलाई लयमा अघि बढाइएको बताए। ‘शोधनान्तर स्थिति, विदेशी मुद्राको सञ्चिति, विप्रेषण आय, राजस्व सङ्कलनमा सुधार आएको छ’, प्रधानमन्त्री दाहालले भने, ‘अर्थतन्त्रका सूचकाङ्कहरू सकारात्मक दिशातर्फउन्मुख छन्। वित्तीय नीति र मौद्रिक नीतिमा एकरूपता ल्याई लगानीमैत्री वातावरण सिर्जना गरिएको छ।’