६३ प्रतिशतले घट्याे हिमालयन डिष्टिलरीको नाफा


काठमाडौं- हिमालयन डिष्टिलरी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २१ करोड ४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यो अवधिको तुलनामा कम्पनीले ६३ दशमलव ५१ प्रतिशत कम खुद नाफा गरेको हो ।

यस वर्ष कम्पनीको कुल सञ्चालन आम्दानी करिब ४२ प्रतिशत घटेको छ । यस वर्ष ८५ करोड १८ लाख रूपैयाँ आम्दानी गरेको हो । साथै यो कम्पनीको हाल चुक्तापूँजी २ अर्ब ६७ करोड २५ लाख २३ हजार रूपैयाँ रहेको छ भने जगेडा कोषमा भने ५२ करोड ८२ लाख रूपैयाँभन्दा बढी छ ।