माण्डु हाईड्रोपावरको नाफा १२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

माण्डु हाईड्रोपावरको नाफा १२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?


काठमाडौं– माण्डु हाईड्रोपावर लिमिटेडको नाफा १२ दशमलव ३२ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणले गत वर्षको तेस्रो त्रैमासको तुलनामा यस वर्ष १२ दशमलव ३२ प्रतिशत बढी खुद नाफा गरेको उल्लेख गरेको छ । यो समयमा कम्पनीको करिब ३ प्रतिशतले विद्युत बिक्री आम्दानी घटेको छ ।

कम्पनीले यस वर्ष २२ करोड १५ लाख रूपैयाँभन्दा बढी नाफा गरेको छ तर कम्पनीको सञ्चालन नाफा भने ४ दशमलव ४१ प्रतिशतले घटेको छ । विद्युत विक्री आम्दानी घटेकाले यस वर्ष कम्पनीको सञ्चालन नाफा घटेको हो ।

कम्पनीको वित्तीय खर्च १७ करोड १३ लाख रूपैयाँभन्दा बढि भएको छ । हाल यस कम्पनीको चुक्तापूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रूपैयाँ रहेको छ । शेयर प्रिमियममा १७ करोड रूपैयाँभन्दा बढी रहेको कम्पनीको रिटर्न अर्निग एवम् जगेडा कोष समेत ४२ रोड २९ लाख रूपैयाँभन्दा बढी रहेको छ ।