सामलिङ्ग पावरको विद्युत बिक्री आम्दानी ५.०४ प्रतिशत घट्यो

सामलिङ्ग पावरको विद्युत बिक्री आम्दानी ५.०४ प्रतिशत घट्यो


काठमाडौं– सामलिङ्ग पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १९ करोड ५५ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.०४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २० करोड ५९ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको नोक्सानी बढेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ८५ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ९९ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। विद्युत बिक्री आम्दानी घटेको वित्तीय खर्च बढेका कारण कम्पनीको नोक्सानी बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा ६ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ८.२७ प्रतिशत घटेको छ। कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा ०.७६ प्रतिशत बढेको छ। चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ३१ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ८४ पैसा रहेको छ।