काठमाडौं– सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद बीमाशुल्क र खुद नाफा बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा इन्स्योरेन्सले १ अर्ब ३२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको उल्लेख गरेको छ ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३८.५६ प्रतिशत बढी हो। कम्पनीले गत वर्षको यो अवधिसम्ममा इन्स्योरेन्सले ५५ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। विवरणले इन्स्योरेन्सको खुद नाफा पनि बढेको देखाएको छ । समिक्षा अवधिमा कम्पनीले ५ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०९.६६ प्रतिशत बढी हो।
त्यस्तै, हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ती कोषमा १६ करोड ७४ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ७१ करोड २ लाख र अन्य इक्विटीमा ९६ करोड ४ लाख रुपैयाँ सञ्चित छ।
प्रतिक्रिया