काठमाडौं– साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणमा लद्युवित्तको नाफामा उलेख्य वृद्धि भएको देखिएको छ ।
लद्युवित्तले समीक्षा अवधिमा ६ करोड १२ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ३६५.८५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ३१ लाख रुपियाँ खुद नाफा कमाएको थियो।
चालू आवको ९ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी २५.९० प्रतिशतले बढेको छ भने खुद फी तथा कमिसन आम्दानी २१ प्रतिशत बढेको छ । त्यसैगरी, कम्पनीको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २०.९७ प्रतिशतले बढेको छ ।
लघुवित्तको एनपिएल भने ३.७७ प्रतिशतबाट बढेर ४.१० प्रतिशत पुगेको छ । तर, लघुवित्तको इम्पेरमेन्ट चार्ज भने २ करोड ५८ लाखबाट घटेर ७ लाख ३५ हजारमा सीमित भएको छ।
तेस्रो त्रैमाससम्म लघुवित्तको यस्तो आम्दानी १६.७७ रुपैयाँबाट बढेर २१.३५ रुपैयाँ पुगेको छ भने मूल्य आम्दानी अनुपात ३४.४२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८.८ रुपैयाँ रहेको छ। समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य मुनाफा २ करोड १९ लाख रुपियाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ७.६६ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया