नेपाल लाइफले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै

नेपाल लाइफले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै


काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । कम्पनीले बैशाख २१ / २२ गते केन्द्रीय कार्यालय, क्लासिक कम्लेक्स कमलादीमा उक्त स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो ।

स्वास्थ्य शिविरमा सहभागी भई आफ्नो निःशुल्क स्वास्थ्य परिक्षण गरि मौकाको फाइदा उठाउन कम्पनीले आम नागरिक तथा आफ्ना बीमितलाई आग्रह गरेको छ । कम्पनीले बुबा केयरसँगको सहकार्यमा स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो ।